1100×100 Nabil Advert

एनआरएनएद्वारा भूकम्प पीडितको लागि तत्काल २१ लाख राहतको घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पश्चिम नेपालमा आएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्दार कार्य जारी रहेको छ ।

एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव वुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएन २१ लाख रुपैयाँ जम्मा गरेको अध्यक्ष शर्माले जानकारी दिए । उनले भने ‘एनआरएनको आपतकालिन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै रकम आफू र अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्ने छौं ।’ उक्त रकम अहिलेको लागि भएको र थप राहत तथा उद्दारका लागि एनआरएन तयार रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए ।

घटनास्थलमै पुगेर एनआरएनले उद्दारमा सहभागिता जनाउने बताउँदै त्यसका लागि केही साथीहरु शनिबार नै गएको र आफूसहित थप व्यक्ति चिकित्सकीय टोलीसहित त्यता जान लागेको पनि शर्माले जानकारी गराए । यस्तै महासचिव सुवेदीले यो रकम तत्कालको लागि भएको र आफूहरुको मिटिङ्ग बसेर बिश्वका सबै अभियन्ताहरुलाई जोडेर अन्य रकम प्रभाबित क्षेत्रमा पठाउने बताए । एनआरएनएका अर्का अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीले पनि बिज्ञप्ती जारी गर्दै आफूहरुले भूकम्प प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ सहयोग गर्ने बताएका छन ।

प्रकाशित समय १६:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु