1100×100 Nabil Advert

भूकम्प घाइतेको उद्दार र उपचार नै सरकारको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले, राज्यको सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा उद्दारमा केन्द्रित गरिएको बताएका छन् । शनिबार भूकम्प प्रभावितको उद्दारका लागि प्रभावित क्षेत्र जानुअघि सुर्खेत विमानस्थलमा खड्काले, राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी भूकम्पका घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उद्दार तथा औषधोपचार गर्नु नै पहिलो प्राथमिकता भएको बताए ।

दिनभरी घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिने उनको भनाई छ । उनले भने, ‘पीडितको उद्दारका लागि सक्रियतापूर्वक लागेका छौं । जतिपनि हामीसँग साधन छन् सबै परिचालन गरेका छौं । हामी पाँचवटा हेलिकप्टर प्रयोग गरेर पहिला आज दिनभरी दुर्घटना भएको ठाउँबाट बिरामीहरुलाई स्वास्थ्य संस्था पु¥याउने काम गछौं । त्यसपछि मात्रै गर्नुपर्ने प्रारम्भिक उद्दार र राहतको कार्य सुरु गर्नेगरी संयोजन गरेर काम अगाडि बडाएका छौं ।’

प्रकाशित समय १३:०३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु