1100×100 Nabil Advert

एनआरएनए अध्यक्ष आरके शर्माको नेतृत्वको टोलीसँग अर्थमन्त्री महत र परराष्ट्रमन्त्रीको भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनियुक्त अध्यक्ष आरके (राजेन्द्रकुमार) शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा.प्रकाशशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ । शनिवार सकिएको एनआरएनएको विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । एनआरएनएको ११औं महाधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शर्माको नेतृत्वमा अर्थमन्त्रीसँगको भेट एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने माग राखेको थियो ।

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लग्नको लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै साना मझौला स्टार्टअप कम्पनी प्रोत्साहन गर्नुपर्ने सस्तो ब्याजदर ऋण दिने तथा विदेशमा रहेका नेपालीलाई टेलिमेडिसिन स्थापना गराउन माग राखेको थियो । नेपालीहरूको हितको कुरा विषयमा आवश्यक पर्ने बजेट विनियोजन गर्न शर्माले अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका थिए ।

यस्तै आइतबार नै एनआरएनएका अध्यक्ष शर्माको टोलीले परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेटघाट र अन्तरक्रिया गरेको छ । परराष्ट्रमन्त्री साउदले शर्मा नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित कार्यसमितिले राज्यको लागि राम्रो काम थालनी गर्ने लगानी पूँजी भित्र्याउने विदेशमा रहेका नेपालीहरूको लागि बृहत्तर हितको लागि काम गर्ने सशक्तरूपमा अघि पु¥याउन सकोस् भन्नेमा आफू विश्वस्त रहेको बताए ।

भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं आफूहरु सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए । परराष्ट्रमन्त्रीसँगको भेटमा शर्मा नेतृत्वको टोलीले नेपालीको पासपोर्ट रिन्यू, श्रम स्वीकृति सहजीकरण तथा नेपालमा विद्यार्थी भिसामा विदेशीलाई ल्याउनुपर्ने नीति सहजीकरणको लागि आग्रह गरेको छ ।

कुवेत, इराक, माल्टा लगायतका देशमा पासपोर्ट नवीकरण र श्रम स्वीकृतिमा सहजीकरण गरेर समस्या समाधान गर्न शर्माको नेतृत्व टोलीले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ । हालै मात्र सरकारले नेपालीको युरोपका केही देशमा दूतावास खोल्ने निर्णय गरेको छ ।

अर्थमन्त्री महत र परराष्ट्रमन्त्री साउँदसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित एनआरएनएका सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, विजय मोक्तान, महासचिव बुद्धिसागर सुवेदी, सचिव टंक गैरे, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए ।

 

प्रकाशित समय १६:१५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु