1100×100 Nabil Advert

‘वाडौं खुशी चडौं सुजुकी’ योजनामा नागाले जिते दश ग्राम सुनको सिक्का

काठमाडौं । ‘वाडौं खुशी चडौं सुजुकी’ योजनमा भक्तपुर निवासी राजिप नागाले दश ग्राम सुनको सिक्का जितेका छन् । भिजि अटोमोबाइल्स प्रालिले यही कार्तिक २ गते टेकु सोरुममा गरिएको फेसबुक लाईभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको छ । भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् । यो योजना लागू भएदेखि १५ दिनमा नेपाल अधिराज्यभरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो बिजेता बन्न सफल भएका छन् । उनले टेकु स्थित भिजि अटोमोबाईल्स प्रालिको आफ्नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए ।

यो योजना अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् वा शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ । भिजि अटोमोबाइल्स प्रालि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो ।

प्रकाशित समय १८:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु