1100×100 Nabil Advert

दशैं मान्न घर फर्किनेको संख्या बढ्दो : २४ घण्टामा एक लाखले छोडे काठमाडौं

काठमाडौं । दशैं मान्न पुख्र्यौैली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ । काठमाडौंबाट बाहिर जाने नाकाहरुमा सवारी साधनको चाँप बढेको छ । दशैं मान्न कर्मथलो छोडेर पुख्र्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ ।

ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार घटस्थापनादेखि आज बिहान ६ बजेसम्म ४ लाख ६५ हजार ९ सय ७७ यात्रुले उपत्यका छाडेका छन् । सो अवधिमा ७१ हजार ६ सय ६२ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् । वितेको २४ घण्टामा मात्र झण्डै एक लाख मानिसले काठमाडौं छोडेका छन् ।

यो सख्या निरन्तर बढ्दो क्रममा छ । एसएसपी भट्टले भने ‘अस्ति भन्दा वितेको २४ घण्टामा काठमाडौं छोड्नेको संख्या झण्डै दोब्बर बढेको छ । यो संख्या आज र भोलि झनै बढ्छ ।’

प्रकाशित समय १३:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु