स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । बिहीबार राती भएको खेलमा ओसासुनालाई २-० गोलले हराउँदै एट्लेटिको मड्रिड विजयी भएको हो ।
एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक-एक गोल गरेका थिए ।
खेलको २० औं मिनेटमा एट्लेटिकोका ग्रिजम्यानले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा रोड्रिगोले गोल गर्दै एट्लेटिकोलाई २-० गोलको जित दिलाए ।
प्रकाशित समय १०:१९ बजे




















