1100×100 Nabil Advert

नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री बेइजिङ जादैं

काठमाडौं । चीन भ्रमण क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुग्ने भएका छन् । उनी बेइजिङमा आयोजना हुने नेपाल–चीन व्यापार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका हुन् । सम्मेलनमा नेपाल र चीनका १ सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ ।

आजै प्रधानमन्त्री दाहाल रात्रिभोजमा सहभागी हुनेछन् । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्न लागिएको हो ।

प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्नुको साथै चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित समय ११:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु