1100×100 Nabil Advert

प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट शुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड शुरुमा चीनको हन्जाउमा हुने १९ औं एसियाली खेलकूदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र असोज ८ गते चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता हुने छ ।

 

प्रकाशित समय ११:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु