1100×100 Nabil Advert

आर्थिक मिडिया सञ्चालक संघ (इमान) को महासचिवमा कार्की

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ (इमान) को महासचिवमा रामेश्वर कार्की मनोनीत भएका छन् । इमान कार्यसमितिको भदौ २९ गते बसेको पूर्ण बैठकले संस्थाका उपमहासचिव कार्कीलाई महासचिवमा मनोनीत गरेको हो ।

यसअघि महासचिव रहेका सुरज प्याकुरेलले पदबाट दिएको राजीनामा स्वीकृत गरी कार्कीलाई नयाँ महासचिवको जिम्मेवारी दिइएको इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए । विगत १८ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध कार्की विगत ८ वर्ष यता डेभलपमेन्ट मिडिया प्रमोशन प्रालिद्वारा सञ्चालित अर्थतन्त्र डटकमका सञ्चालक हुन् । कार्की २०६६ देखि २०७२ सम्म धादिङको गजुरीबाट प्रकाशित हुने हाइवेखबर साप्ताहिकको पनि प्रकाशक थिए । राष्ट्रिय योजना आयोगमा सञ्चार विज्ञको रुपमा तीन वर्ष अनुभव सँगालेका कार्की पत्रकारिता क्षेत्रसम्वद्ध संघ संगठनका विभिन्न नेतृत्वदायी पदमा रही काम गरिसकेका अनुभवी व्यक्ति हुन् । उनी विगत ८ वर्ष यता नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चको कार्यकारी प्रमुखको रुपमा समेत कार्यरत छन् ।

धादिङलाई कर्मथलो बनाएर पत्रकारिता शुरु गरेका कार्कीले धादिङ आवाज साप्ताहिक, रेडियो पालुङ, हाइवेखबर साप्ताहिक, नयाँ पत्रिका दैनिक, एभिन्यूज टेलिभिजन, नागरिक र रिपब्लिका दैनिकमा आबद्ध भइ पत्रकारिता गरेका थिए ।

प्रकाशित समय ११:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु