1100×100 Nabil Advert

शिक्षा क्षेत्रका समस्या समाधानको पहल लिन्छु : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (पेट्सान) ले आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वस्थ्यमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य थापाले संघीय संसदबाट पारित भएको शिक्षा विधेयकमा केही समस्या भए त्यसमा पुर्नविचार गर्न सकिने बताएका हुन् ।

संविधानले शिक्षा र सम्पत्तिको हकलाई सुनिश्चित र सुरक्षित गरेको भन्दै गुणस्तरीय शिक्षा प्रदानमा पेट्सानको अझ महत्वपूर्ण भूमिका रहने बताए । थापाले संसदमा टेवल हुन लागेको शिक्षा विधेयकमा शैक्षिक गुठीको विषयलाई सम्बोधन गर्न आफुले पहल गर्ने धारणा राखे ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटको सभाहलमा भएको कार्यक्रममा संस्थाका रास्ट्रिय अध्यक्ष रुपक राजवंसीले शिक्षा विधेयकमा रहेका कतिपय प्रावधानहरू अव्यवहारिक रहेको बताए । त्यसलाई संशोधन र सम्बोधन गर्न थापालाई उनले आग्रह गरे ।

कार्यक्रममा पेट्सान वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले निजी विद्यालय शैक्षिक गुठीमा सहजै रुपान्तरण हुन सक्ने आकर्षक सुविधा केही नभएको धारणा राखे । कर छुटको सुविधा समेत सरकारले खोसेको भन्दै उनले यदि निजी विद्यालयलाई शैक्षिक गुठीमा जान प्रेरित गर्ने हो भने आकर्षक सुविधा दिन आवश्यक हुने उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस महामन्त्री थापाले एसईई २०७९ मा उत्कृष्टता हाँसिल गर्ने सदस्य विद्यालयका विद्यार्थीका साथै शिक्षक, कर्मचारी तथा वरिष्ठ शिक्षाविद्लाई सम्मान गरेका छन् ।

 

प्रकाशित समय १०:०३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु