1100×100 Nabil Advert

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’ को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेएका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा पनि राखेका थिए ।

सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए ।

उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए । उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरु हुने अधिकारीहरुले जानकारी दिएका थिए ।

प्रकाशित समय १७:४९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु