1100×100 Nabil Advert

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक युरोमनी अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि ‘युरोमनी अवार्ड फर एक्सिलेन्स, २०२३’ बाट सम्मानित भएको छ । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले उक्त अवार्ड हासिल गरेको थियो ।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखा रहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण इन्भेष्टमेन्ट बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो । युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत् सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष इन्भेष्टमेन्ट बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।

बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको इन्भेष्टमेन्ट बैंकको शेयरधनी कोष ५९.९५ अर्ब नेपालको वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा उच्च हो । इन्भेष्टमेन्ट बैंकले २९६ शाखा, २८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । उत्कृष्ठ सेवाका लागि सातवटा ‘बैंक अफ द इयर’ प्राप्त गरेको इन्भेष्टमेन्ट बैंक आइएओ ९००१ः२०१५ प्रमाणित र इन्टरनेशनल क्रेडिट रेटिङ एजेन्सीबाट ‘ए’ क्रेडिट रेटिङ प्राप्त बैंक हो ।

प्रकाशित समय १७:१५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु