हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई दिइने
काठमाडौं । नेपाल जनप्रशासन संघले हेम बहादुरमल्ल सम्मान गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले हेम बहादुर मल्ल सम्मान २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र हेम बहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गरिने घोषणा गरेको हो ।
गैरनाफामुखी पेशागत संघको रुपमा स्थापित संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरु आयोजना गरी त्यस्ता कार्यक्रमवाट प्राप्त भएका सुझावहरु नेपाल सरकार एवं सम्बन्धित निकायहरुमा पठाई सहयोग पुर्याउँदै आएको छ ।
ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व.हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही उत्कृष्ट एवं विशिष्ट योगदान पुर्याएवापत निजको सम्झना र सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो । यो सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत सम्मानपत्रसहित नगद दुई लाख प्रदान गरिन्छ ।
प्रकाशित समय १९:१४ बजे




















