1100×100 Nabil Advert

राष्ट्रिय सभामा सांसद् पौडेलको आक्रोश : हामी टाउको गन्ने भेडा बाख्रा मात्रै हौं

काठमाडौं । पूर्व परराष्ट्र मन्त्री राष्ट्रिय सभा सांसद विमला राई पौडेलले, हामी सार्वभौम सांसद् हौ कि ? टाउको गन्ने भेडा बाख्रा भन्दै आक्रोश पोखेकी छिन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्दै उनले, जति भने पनि बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया परिवर्तन नभएको भन्दै आक्रोश पोखेकी हुन् ।

‘ति भने पनि परिवर्तन हुँदैन भन्ने कुरा हामीले बुझेका छौं । कोही गठबन्धनका विरोधी कोहि गठबन्धनका सिपाही । गठबन्धनका विरोधीले कमी कमजोरी औल्याउने गठबन्धनका सिपाहीले टेबल ठटायर पास गर्ने ।’ उनले भनिन् ‘मन्त्रीहरुले जवाफ दिए जस्तो गर्ने । यही कर्मकाण्ड मै छौं हामी अहिले पनि लाज लाग्छ की हामी इन्डिपेन्डेन्ट सर्वभौम सांसद् हौ की टाउको गन्ने भेडा बाख्रा हौं जस्तो लाग्छ ।’

उनले परराष्ट्रमन्त्रालयले असंलग्न परराष्ट्र नीति छोडेको जस्तो महसुस भएको टिप्पणी गरिन् । नेपाल छिमेकी राष्ट्रहरुसँग असंलग्न हैन असमानताको व्यबहारमा गएको र अहिलेको बजेटले पनि त्यही देखाएको उनको आरोप छ ।

प्रकाशित समय १४:०१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु