1100×100 Nabil Advert

राष्ट्रिय सभा बैठक भोलि ११ बजे सर्‍यो

काठमाडौं । बिनियोजन विधेयक २०८० माथि छलफल गर्नका लागि आज (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (मंगलबार) का लागि सारिएको हो ।

 

राष्ट्रि सभाका अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार सोमबार ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस मंगलबार ११ बजे र १ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जनाएका छन् । आज सोमबार बिहान ११ का लागि बोलाइएको बैठकमा बिनियोजन विधेयक २०८० अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको थियो ।

 

प्रकाशित समय १२:२२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु