1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यको बीमाका लागि सानिमा रिलायन्स लाइफसँग सम्झौता

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बिच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बिमाका लागि सम्झौता सम्पन्न भएको छ ।

सरल तथा सहज बीमाका लागी भरपर्दाै बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौैतामा हस्ताक्षर गरेका छन । बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आईटी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थीति रहेको थियो । उक्त अबसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिनुभयो ।

बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता बिकास गर्नका लागी बिना भेदभाब “हामी गर्छौं, सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु