प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको । संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमका अनुसार बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमा छुट्याइएको चार मन्त्रालयको बजेटमाथि छलफल शुरु गर्ने कार्यसूचि रहेको छ ।
संसदमा आजबाट विनियोजन विधेयक २०८० अन्र्तगत वन तथा वातावरण, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकूद र शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमा छुट्याइएको बजेटमाथि छलफल शुरु हुने छ । त्यस्तै, उक्त विधेयकमाथिको छलफलको क्रममा उल्लेखित चार मन्त्रालयका आधिकारीक सदस्यहरुले खर्च कटौतीको प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूचि समेत रहेको संसद् सचिवालयले जानकारी गराएको छ ।
प्रकाशित समय १०:१६ बजे




















