अर्गानिक मलमा नेपाल आत्मनिर्भर बन्न सक्छ : पूर्व अर्थमन्त्री शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले अर्गानिक मलमा नेपाल आत्मनिर्भर बन्ने बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र वार्षिक व्ययको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै शर्माले रासायनिक मलकै गुणस्तरको मल नेपालमा नै उत्पादन गर्न सम्भव हुने बताए ।
उनले भने ‘कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन मैले योमनीयामा आधारित मल उद्योग स्थापनाको योजना अगाडि बढाएको हुँ । हाम्रै पानी हाम्रै ढुङगा हाम्रै हावाबाट निर्माण भएको रासायनिक मलकै गुणस्तर जस्तै नाईट्रोजन, फोस्फोरस र पोटासियम समेत भएको अर्गानिक मल उत्पादन गर्न सम्भव छ । मैले सुने कहाँबाट पाईप ल्यायर मल कारखाना खोल्नु पर्छ त्यो आवश्यक छैन् । अर्गानिक नेपाल आत्मानिर्भर नेपाल बन्ने छ । आगामी बजेटको विषयमा छलफल भईरहँदा राजनीतिक घोचपेच भएको छ ।
प्रकाशित समय १४:५७ बजे