1100×100 Nabil Advert

माओवादी केन्द्रकै नेता भए पनि जेल हाल्छु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताउनुभएको छ । स्थानीय तहका दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताउनुभयो ।

‘कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । आफूले नियमभन्दा बाहिर गएर कुनै काम नगर्ने र सरुवा, बढुवाका लागि कसैको भनसुन पनि नमान्ने उहाँले बताउनुभयो । ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ । खबरदार ! अब कोही कसैले सरुवा, बढुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने रकम दिनेलाई पनि र लिनेलाई पनि जेल हाल्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

उहाँले आफू सयौं पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने उद्घोष गर्नुभयो । रकमको लोभमा आफ्नै नागरिकलाई शरणार्थी बनाउने घृणित प्रकरणमा राज्यको अनुसन्धान खेर नजाने पनि उहाँले बताउनुभयो । आफू गृहमा आएपछि सुराकी नामको मासिक लाखौं खर्च र राष्ट्रिय परिचयपत्रको डाटा सम्बन्धि काम विदेशी कम्पनीलाई दिने तयारी खारेज भइसकेको र मिटरव्याजीलाई कारवाही गर्ने प्रक्रिया आयोगमार्फत अगाडि बढिसकेको उहाँले बताउनुभयो । ‘तर एक दुई वटा राम्रा काम गरेका छौँ भनेर विश्राम गर्ने पक्षमा छैनौं’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

प्रकाशित समय १८:५६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु