V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अर्थतन्त्रमा देखिएका समस्या सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

 

उहाँले अर्थतन्त्रमा देखिका समस्या र चुनौति सरकार, नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको बताउनुभयो । अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड–१९ को असरको प्रभावको कारण, रसिया र युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गर्नुभयो । उहाँले वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मकरुपमा सोच्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले व्यवसायी लगायत अन्य कसैले पनि अर्थतन्त्रका विषयमा नकारात्मक सन्देश दिन नहुने बताउनुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ महिनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलवारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो– ‘पछिल्लो समय मुलुकको आर्थिक अवस्था जसरी संकुचन भएको छ । जुन कोभिड–१९ को असरको प्रभावको कारण, रसिया र युक्रेन युद्व र नियामक निकायले लिएको कसिलो नीतिको कारण यस्तो अवस्था आएको छ । वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । सबैले सकारात्मकरुपमा सोच्नुपर्ने अवस्था आएको छ । अर्थतन्त्रमा संकुचनमा आएसँगै हेरक घटानालाई अर्थतन्त्रसँग जोडिएर हेर्न थालिएको छ । व्यवसायीलगायत अन्य कसैले पनि नकारात्मक सन्देश दिनुहुँदैन । सकारात्मकरुपमा आत्मबल बढ्ने गरी दिन आवश्यक छ । पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेका छन् । २५ प्रतिशतभन्दा बढीले रेमिट्यान्स बढेको छ ।

 

पर्यटक आगमनमा वृद्धि भएको छ । बैंकको सिडी रेसियो ८५ प्रतिशतको रेसियोमा आएको छ । बैंकको ब्याजदर क्रमशः घटेको छ । राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ मिहनामा मात्रै ब्याजदर घट्नेनीतिलाई मंगलबारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने छ । त्यसैले अहिलेको अर्थतन्त्रको समस्या र चुनौति आउनुमा सबै दोषी भएकाले सबै मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।’
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउनको लागि सबै मिल्नुपर्ने बताउनु भयो । उहाँले सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधारको काम गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारलाई चालु खर्च धान्न पनि मुश्किल भइरहेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुका उद्योग व्यवसायहरु समेत दरिलो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बीमा कम्पनीहरु मर्ज हुने तर मर्जपछि पनि नयाँ कम्पनीहरु आउने प्रचलन अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय कम्पनीहरुले आइपीओ खोल्ने होड चलेको बताउनु भयो । उहाँले आइपीओ खोल्ने होडलाई व्यवस्थित गर्नको लागि आइपीओ निकाल्ने कम्पनीको ५१ र ४९ प्रतिशत गरिनुपर्ने बताउनु भयो ।

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010