V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

परिसंघले गर्‍यो अर्थतन्त्र, श्रम तथा रोजगारका विषयमा मन्त्री भण्डारीसँग छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।

 

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताउनुभयो । उच्च ब्याजदर, लगानीयोग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । हालको अवस्था थप लम्बिएको अवस्थामा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो ।

 

अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्च बढाउनुपर्ने, खुम्चदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाई गरिनुपर्नेलगायतका विषयमा परिसंघले जोड दिएको छ । यसैगरी परिसंघले श्रमिकहरुको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । मेक इन नेपाल स्वदेशी अभियान, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावसहितको परिसंघको रिबुटिङ नेप्लिज इकोनोमी अवधारणामा छलफल भयो ।

 

छलफलमा मन्त्री भण्डारीले अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको सुझावका लागि धन्यवाद व्यक्त गर्नुहुँदै पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिनुभयो । छलफलमा वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्ष विरेन्द्रराज पाण्डे, परिसंघ रोजगारदाता परिषद् सभापति अमित बेगानी, परिसंघ राष्ट्रिय परिषद् सदस्य अमित मोर, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित समय २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010