V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एभरेष्ट बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत् स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

काठमाडौं । एभरेष्ट बैंकको मोबाइल बैंकिङ्ग एप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गर्नुभयो ।

 

यो सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् । ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुविधा भएको यस स्मार्ट क्युआरको सुविधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने छ ।

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010