V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

काठमाडौं महानगरपालिकामा बिचौलियाका दिन गए : मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब विचौलिया प्रवृति अन्त्य हुने दाबी गरेका छन् । शुक्रबार एक सन्देश जारी गर्दै मेयर साहले महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको जानकारी दिंदै अब विचौलिया प्रवृति सकिएको घोषणा गरेका हुन् ।

 

सन्देशमा उनले भनेका छन्– ‘काठमाडौं महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौं । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने छ । त्यस्तै, सँधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिने छ । यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ । यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’

 

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010