V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

उद्योग वाणिज्य महासंघको निर्वाचनमा रोचक र कडा प्रतिस्पर्धा हुने

काठमाडौं । उद्योगी व्यवासायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका चयनका लागि आज निर्वाचन हुँदैछ । महासंघको ५७ औं राष्ट्रिय महाधिवेशन मंगलबारदेखि शुरु भएको छ । नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । मतदान ४ बजेसम्म जारी रहने छ । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष बन्नेछन् ।

 

कार्यसमितिका लागि ४ सदस्य सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत हुनेमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल छन् ।

 

वरिष्ठ उपाध्यक्षसहित बाँकी ५९ कार्यसमिति सदस्यका लागि निर्वाचन शुरु भएको छ । वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा व्यवसायी उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा छन् । यो निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति नै उद्योग वाणिज्य महासंघको अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएपछि सो पदका लागि हुने निर्वाचन निकै रोचक र कडा प्रतिस्पर्धाका बीच हुनेछ ।

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010