V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सरकारको ध्यान अब नयाँ, फरक, गुणात्मक काम गर्ने र बजेट बनाउने प्रतिबद्धता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सरकारको ध्यान बजेट निर्माण केन्द्रित हुने बताएका छन् । काठमाडौंमा आयोजित सहकारीकर्मीहरुको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले चाँडै सरकारले पूर्णता पाउने र सरकार आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा गम्भीर भएर लाग्ने बताएका हुन् । उनले केही नयाँ, फरक र गुणात्मक काम गर्ने प्रतिबद्धता जनाएका छन् । अबको बजेटमा कृषि क्षेत्रले प्राथमिकता पाउने उनले बताए ।

उनले भने– ‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो । यसलाई ठिक ढङ्गले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरू उद्योग दीर्घकालीन समाधान होइन ।’ उनले यो पटकको बजेट निर्माणमा जनताले परम्परागतभन्दा भिन्न र नयाँ खाले परिवर्तनको राहत महसुस गर्ने गरी बजेट बनाउन आफू गम्भीर भएर लागेको दाबी गरे । उनले भने, ‘अहिले, नीति कार्यक्रम र बजेट बनाउँदा हामीले केही चिज नयाँ, फरक, गुणात्मक र जनताले प्रत्यक्ष राहत, परिवर्तन या नयाँ ढङ्गले चिज आयो भन्ने महसुस गराउन सकेनांै भने सम्पूर्ण परिवर्तन धरापमा पर्ने खतरा छ । त्यो बोध शान्ति प्रक्रिया देखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा सबै प्रक्रियाको नेतृत्व गरेको नाताले मलाई जति बढी अरूलाई हुन सम्भव नै छैन । म गम्भीर छु ।’

यस्तै प्रधानमन्त्रीले कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काममा लागेको आरोप समेत लगाए । संविधान र संघीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन् । कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरू उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन् ।

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010