V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्दै

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच वार्ता हुँदैछ । दुई पक्षबीच गृहमन्त्रालयमा वार्ता हुनेछ । सरकारले पीडितसँग वार्ता गर्न मंगलवार गृह मन्त्रालयकी सहसचिव दुर्गादेवी शर्माको नेतृत्वमा समिति गठन गरेका थियो । समिति मंगलवार नै वार्ता गर्ने तयारीमा थियो । तर, पीडितको पक्षबाट तयारी नपुगेका कारण वार्ता हुन सकेको थिएन । पीडित पक्षको तर्फबाट वार्ता टोली संयोजक मनोज पासवानले सरकारसँग वार्ता बस्ने तयारी भएको जानकारी दिए । उनले भने, ‘वार्ता गर्न सरकार पक्षबाट हामीलाई खबर आएको छ । वार्ता गर्न हामीलाई गृह मन्त्रालयमा बोलाएका छन् । हामी जाने तयारी छौं ।’

सरकारी पक्षबाट गृह सहसचिव शर्माको नेतृत्व गठित समितिमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् । त्यस्तै पीडित पक्षबाट गठित समितिमा पासवानसहित संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव सदस्य रहेका छन् ।

पीडित ११ दिन पैदल हिंडेर गत आइतबार काठमाडौं आइपुगेका थिए । गत २ चैतमा महोत्तरीबाट हिंडेका उनीहरु हेटौडा–भीमफेदी हुँदै काठमाडौं आएका थिए । काठमाडौंमा उनीहरुले खुलामञ्चमा विरोध कार्यक्रम गर्न खोजेका थिए । तर, काठमाडौं महानगरपालिकाले नदिएपछि उनीहरु खुलामञ्च प्रवेशद्धारमै धर्नामा बसेका थिए । त्यसको भोलीपल्ट उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका थिए । माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरस्थित सांसद् भवन पुगेका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खोजिरहेका छन् । तर, प्रधानमन्त्री दाहालले उनीहरुसँग भेट्न मानिरहेका छैनन् ।

 

 

प्रकाशित समय ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010