V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

बैदेशिक रोजगारमा गएका श्रमिकको स्वास्थ्य परामर्श शुरु

काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रमिकको स्वास्थ्य परामर्श आजबाट शुरु गरेको छ । स्वास्थ्य परामर्श सेवा आज १० बजेबाट सुरु गरेको छ । सेवा पूर्णरुपमा निशुल्क हुनेछ । बैदेशिक रोजगार बोर्डका अनुसार सार्वजनिक विदाका दिन बाहेक सबै दिनमा सेवा सञ्चालन हुनेछन् । सेवा लिन चाहने श्रमिकले ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइवर, ह्वाट्स एम वा इमोमार्फत् सम्पर्क गर्न सक्नेछन् । सेवा बीर अस्पतालबाट दिइनेछ । जसका लागि बोर्डले छुट्टै ‘डेडिकेटेड टिम’ बनाएको छ । टिममा मेडिकल अधिकृतसहित स्टाफ नर्सका टोली सहभागि हुनेछन् । उनीहरुले सेवाग्राहीको स्वास्थ्य समस्या बुझ्नेछन् र समस्या अनुसार चिकित्सक सिफारिश गर्नेछन् ।

 

बोर्डका प्रवक्ता राजन पौडेलले बैदेशिक रोजगारमा गएका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु गरेको बताए । उनले भने, ‘बैदिशक रोजगारमा रहेका श्रमिकका लागि आजबाट स्वास्थ्य परामर्श सुरु गरिएको छ । कार्यालयको समयमा सेवाग्राहीले भाइवर, ह्वाट्स एप वा इमोमार्फत् सम्पर्क गर्न सक्नेछन् । यसका लागि हामीले सम्पर्क नम्वर पनि सार्वजनिक गरेका छौं । सेवा बीर अस्पतालबाट प्रवाह हुनेछ ।’ बोर्डका अनुसार प्रत्येक वर्ष बैदेशिक रोजगारमा गएका १२ हजार ५ सय श्रमिकको विभिन्न स्वास्थ्य समस्याका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ७५ प्रतिशत श्रमिकको मृत्यु नसर्ने रोगका कारण भएको छ । सोही समस्या समाधान गर्ने उद्देश्यले स्वास्थ्य परामर्श सेवा शुरु गरिएको बोर्डका प्रवक्ता पौडेलले बताए ।

 

उनले भने, ‘प्रत्येक वर्ष बैदेशिक रोजगारमा गएका मध्ये १५ हजार ५ सय श्रमिकले ज्यान गुमाउने गर्छन् । जसमध्ये ७५ प्रतिशत श्रमिकको मत्यु नसर्ने रोगका कारण हुने गरेको देखिन्छ । यसलाई न्यूनिकरण गर्न बोर्डले स्वास्थ्य परामर्श सेवा शुरु गर्न लागेको हो । यो सेवा अब निरन्तर सञ्चालनमा आउनेछ ।’ बोर्डका अनुसार श्रमिमको फोनकल बीर अस्पतालस्थित मेडिकल अधिकृतले उठाउने छन् । उनले श्रमिकको स्वास्थ्य समस्या बुझ्नेछन् । थप सेवा लिनु पर्ने अवस्था आएमा उनले स्वास्थ्य बिशेषज्ञ सिफारिश गर्नेछन् । सेवा केन्द्र्रमा आइतवार र शुक्रवार विशेषज्ञ टोली सहभागि हुनेछन् । उनीहको सेवाग्राहीले आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिनेछन् र, उनीहरुले आवश्यक औषधिको सिफारिश पनि गरिदिन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । सोही कार्याविधिअनुसार बोर्डले सेवा शुरु गरेको हो ।

प्रकाशित समय ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010