कार्यक्षमता बृद्धि र व्यवसायिक सफलताका लागि सक्सेस मन्त्र फर लिडरसिप : आले मगर

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक सोन आले मगरले कर्मचारीको कार्यक्षमता बृद्धि र व्यवसायिक सफलताका लागि सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताएका छन् ।
प्रभु लाइफले काठमाडौंमा आयोजना गरेको ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘सक्सेस मन्त्र फर लिडरसिप’को उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सोन आले मगरले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे लगायतको उपस्थिति तथा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय नेपाली ट्रेनर मीनबहादुर घलेको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर घलेले व्यवहारिक तरिकाले व्यवसायिक बृद्धिका सुत्रहरु दिएका थिए । अभिकर्ताहरुको व्यवसायिक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो ।
प्रकाशित समय १४:२५ बजे