मुलुकको अर्थतन्त्र चलायमान बनाउन समयमै अगाडि बढ्नुपर्छ : अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान राख्नको लागि राज्य समयमा अगाडी बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि उन्मुख कर प्रणाली’को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राज्यको नीतिलाई सुधारेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने–‘मुलुकको अर्थतन्त्र चलायमान र सुधारको लागि समयमा अगाडि बढ्नुपर्छ । मुलुकलाई डिजिटलाईजेसन गरेर उधारो कारोवारलाई निषेध गर्नुेपर्छ ।’ सरकारले गर्ने काम, सरकारी सेवा समयमै हुनुपर्ने र उधारो कारोवारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाई छ । उनले व्यवसायीहरुको क्षेत्रमा भ्याट विलको कारोवार हुने भएकाले समयमा पैसा उठाउन नसकिएको र त्यसैको कारणले व्यवसायीहरु मारमा परेको टीप्पणी गरे ।
प्रकाशित समय २२:५८ बजे




















