बजेटको अभावले ठेक्का सञ्चालनमा आउन सकेनन् : अध्यक्ष सिंह

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बजेटको अभावले ठेक्का सञ्चालनमा आउन नसकेको बताएका छन् । अध्यक्ष सिंहले नेपाल निर्माण व्यवसायी महासंघको २४ वार्षिक साधारणसभाका सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने- ५० प्रतिशत भन्दा बढि ठेक्कामा डिपिआर तयार नभएको, बजेट अभाव भएको कारणले ठेक्का सञ्चालनमा आउन आउन सकेका छैनन् ।
अध्यक्ष सिंहले देशको राजस्व संकलन साधारण खर्च धान्ने अवस्थामा समेत नरहेको बताए । उनले भने “राजस्व संकलन साधारण खर्च धान्ने पनि छैन बिकास वजेटलाई आउने अनुदान र ऋणहरू सोचेको अनुपातमा आईरहेको छैन । बजेटलाई कम्तीमा २० प्रतिशत नभए ४० प्रतिशत विकास वजेट संकुचन हुन गइरहेको छ । वास्तविक रुपमा बोझको रुपमा नलिई हामी सरकारलाई सहयोग गर्न तयार छौ ।”
अहिले कालो सुचीमा राख्ने परिपाटी एकतर्फ धेरै भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यलयमा ३४० भन्दा बढि कम्पनीहरु कालो सुचीमा रहेको उनको भनाई छ । अध्यक्ष सिंहले, कालो सुचिमा परिसकेपछि काम लगाउने अधिकारीहरुलाई पनि कारवाही गर्नु पर्ने माग गरे । त्यस्तै ५० प्रतिशत भन्दा बढि ठेक्कामा डिपिआर तयार नभएको, बजेट अभाव भएको कारणले ठेक्का सञ्चालनमा आउन नसकेको प्रति उनको गुनासो छ ।
उनले अन्य निकायबाट अनुमति नलिईएको ठेक्का अन्त्य गरेर सार्वजनिक खरिद नियमावलीमा व्यवस्था भए वमोजिम १२ औ संशोधनले गरेको प्रावधानलाई पुर्ण रुपमा पालना गर्ने गरि ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित समय २२:२३ बजे