1100×100 Nabil Advert

नेपाल टेलिकमका भौतिक संरचनामाथि कसबाट भइरहेको छ आक्रमण ?

काठमाडौं । नेपाल टेलिकमका विभिन्न ठाउँका उपकरणहरुमा आक्रमण भएको छ । यस्तो आक्रमण कसबाट भइरहेको छ भन्ने विषयमा नेपाल टेलिकमलाई समेत जानकारी छैन । यस्तो जटिल परिस्थितिमा नेपाल टेलिकमले भनेको छ– नेपाल टेलिकमले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइरहेको छ ।

कम्पनीका सेवा अविच्छिन्नरुपमा उपलब्ध हुनका लागि ती उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ । तर पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्‍याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको छ । यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको छ । यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको छ ।

 

यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्‍याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नुहुन नेपाल टेलिकम हार्दिक अनुरोध गर्दछ । ‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्त हुने कम्पनीको अपेक्षा छ ।

प्रकाशित समय २२:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु