V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

प्रचण्डविरुद्धको सर्वोच्चमा रिट दायर, फागुन २५ मा उपस्थिति हुन आदेश

अब के होला प्रधानमन्त्रीको पद ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा रिट दर्ता गरिएको छ । रिट दर्ता भएपछि सर्वोच्च अदालतले फागुन २५ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायत विभिन्न व्यक्तिहरुले प्रचण्डविरुद्ध रिट हालेका हुन् । प्रचण्डले सार्वजनिकरुपमै जनयुद्धताका मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा मात्र आफूले लिने भनेर अभिव्यक्ति दिएपछि उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको हो । प्रचण्डको अभिव्यक्तिविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

 

सर्वोच्च अदालतको आदेशबाटै यसअघि प्रधानमन्त्री केपी शर्मा वलीको पद गएको थियो भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । त्यसैगरी नागरिकताको विषयमा परेको मुद्दाबाट गृहमन्त्री बनेका रवि लामिछानेको पद गएको थियो । ती नजिरलाई हेर्दा सर्वोच्च अदालतले के फैसला गर्दछ, त्यसैअनुसार प्रचण्ड प्रधानमन्त्रीमा रहने वा बाहिरिनुपर्ने स्थिति आउनसक्छे एक अधिवक्ताले क्रसचेकलाई बताए । प्रचण्डलाई सर्वोच्च अदालतले फागुन २५ गते दिनको १० बजे पेशी तारेखमा हाजिर हुन आउनसमेत उत्पे्रषण परमादेश जारी गरेको छ । रिट दर्ता भएर अदालतमा उपस्थित हुन परमादेश जारी भएपछि धेरैले प्रश्न गर्न थालेका छन्– प्रधानमन्त्रीको पद अब के होला ?

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010