V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सरकारसँगको वार्तापछि सार्वजनिक यातायात पुनः सुचारु

काठमाडौं । यातायात मजदूरले गरेका सार्वजनिक यातायात बन्द फिर्ता भएको छ । नेपाल सरकारसँगको वार्तापछि उक्त बन्दको कार्यक्रम फिर्ता गरिएको हो । यातायात मजदुरको बैठकमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय सुनवार, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानिया, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, मजदुर नेता शिव प्रसाद पोखरेल सहभागी थिए ।

सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुरहरु सहमत भएका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदूरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् । सहमतिसँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको छ । यसअघि यातायातसँग सम्बद्ध विभिन्न मजदूर संगठनहरूले दश बूँदे माग राख्दै फागुन ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

 

मजदूरहरुका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने सहमति भएको छ । त्यसैगरी नयाँ बसपार्कभित्रको विवाद समाधान गर्न काठमाडौं महानगर, मजदूर र बसपार्क व्यवस्थापकबीच मन्त्रालयले समन्वय गर्ने सहमति भएको जनाइएको छ । नयाँ बसपार्क क्षेत्रमा हिजो भएको ठूलो क्षति र ल्होत्से मलमा भएको तोडफोड र पसलहरुमा भएको लुटपाटले धेरै मानिसहरु त्रस्त बनेका थिए ।

प्रकाशित समय ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010