1100×100 Nabil Advert

नेपाल उद्योग परिसंघले भन्यो : अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्नु आवश्यक छ

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज राष्ट्रिय योजना आयोगमा भेट गरी बधाई तथा शुभकामना दिदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगहरुको समस्याको विषयमा छलफल ग¥यो ।
अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदमहरु चालिनुपर्ने बताउनुभयो । क्षेत्रगतरुपमा २० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको र त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठूलो धक्का पुगेको बताउनुभयो । विकास निर्माणका परियोजनाहरु समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिंदै उहाँले त्यसका लागि ‘लो विडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताउनुभयो । यसैगरी विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न, शक्तिखोर तथा मयूरधापलगायत सञ्चालनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा निर्माण तथा संचालन गर्न निजी क्षेत्रलाई अनुमती दिन पनि उहाँले आग्रह गर्नुभयो ।

परिसंघले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेपलिज इकोनोमी’ अवधारणा समेत उपाध्यक्ष श्रेष्ठसमक्ष पेश गरेको छ । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्रमा विद्यमान तरलता संकट तथा उच्च ब्याजदर, औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको बताउनुभयो । उहाँले आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गर्र्ने बताउनुभयो । अर्थतन्त्रमा सुधार ल्याउन राजश्व चुहावट नियन्त्रण र औपचारिक माध्यमबाट बढी रेमिट्यान्स भित्र्याउनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्दै निजी क्षेत्रलाई नै अर्थतन्त्रको मेरुदण्डका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, महानिर्देशक दीपकराज जोशीले पनि अर्थतन्त्र सुधारका विषयमा सुझाव दिनुभयो ।

प्रकाशित समय १९:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु