V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

परामाउन्ट मोटर्सद्वारा म्याक्ससका गाडीहरु नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालमा म्याक्सस गाडीहरुको आधिकारिक वितरक परामाउन्ट मोटर्स प्रा लि ले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लन्च गरेको छ । यी गाडीहरूको लन्च कार्यक्रमपछि सर्वाधिक प्रतीक्षित मूल्य सार्वजनिक र शोरूम उद्घाटन गरिएको छ । यी प्रिमियम गाडीहरूमा मेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधि सहितको ३५० एन एम र ३७५ एन एम. पीक टर्क अधिकतम पावर ११० किलो वाट र १२० किलो वाट क्षमता प्रदान गर्ने २८ लिटर २२.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ यी गाडीहरूले अहिलेको ड्राइभिङ अनुभवका मागहरू पूरा गर्न सक्नेछन् । म्याक्सस टी ६०, टी ७०र भी ८० को मूल्य नेपाली बजारमा क्रमशः ७७ लाख ९९ हजार, ६८ लाख ४९ हजार र ५० लाख ४९ हजार रूपैयाँ रहेको छ । म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी कीलेस इन्ट्री र स्टार्ट, पुस- स्टार्ट बटन हॉइट एडजस्टेबल स्टेयरेिड ह्वील, क्रूज कन्ट्रोल, रेन सेन्सिङ वाइपर, ब्लुटुथ कनेक्टिभिटी र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता उत्कृष्ट फिचरहरू रहेका छन् । मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी म्याक्सस पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा गाडी हुन् ।

 

म्याक्सस टी ६० टी ७० मा लकिङ डिफरेन्सियलहरू पनि छन् जसले यी गाडीहरूको अफरोड क्षमतालाई बलियो बनाउँछ ३१५५ मिलिमिटर हवीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स भएको यो पिकअप नेपालको भौगोलिक क्षेत्रका लगि उपयुक्त देखिन्छ सुरक्षाको हिसाबले टी ६० गाडी निकै सुरक्षित रहेको छ, यसले फाइभ स्टार एएनसीएपी रेटिङ पाएको छ । यस पिकअपमा चारवटा एयरब्याग, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिव्यूसन (ईबीडी) सहितको एबीएस, ईएसपी, आइसोफिक्स चाइल्ड सिट टिचर्स, हिल स्टार्ट असिस्ट सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक बैंक असिस्ट, रियर पार्किङ सेन्सर र रिभर्स क्यामेरा छन् म्याक्सस भी ८० कार्गो भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २.५ लिटर टर्बो डिजेल कमन रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ । बाशको इन्टरकुल्ड इलैक्ट्रोनिक रूपमा रेगुलेट हुने इन्जिनले ३५०० आरपीएममा १०० किलोवाट शक्ति र ३३० टर्क उत्पन्न गर्दछ, जुन यातायात र फेमिली ट्रिपका लागि एकदमै उपयुक्त छ।

 

भी ८० प्यानल भ्यान यूरो ४ इमिसन स्ट्यान्डर्ड इको डी २५ लिटर टर्बो डिजेल कमन-रेल डाइरेक्ट इन्जेक्सनबाट सञ्चालित हुन्छ। प्यानल भ्यान निकै भरपर्दो गाडी हो, विभिन्न कार्यका लागि सजिलै प्रयोग गर्न सकिने यो गाडी व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त छ । म्याक्स नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतीक्षित कार हो । म्याक्सको आकर्षक डिजाइन आधुनिक तथा स्मार्ट फिचरहरूले पक्कै पनि ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ । विभिन्न वर्गका ग्राहकहरूको युटिलिटी गाडीको चाहना पूरा गर्ने सोचका साथ कम्पनीले म्याक्सको मूल्य आकर्षक रहेको सुनिश्चित गरेको छ र उत्कृष्ट प्रदर्शन क्षमता सहितको युटिलिटी गाडीको लिगेसीलाई बलियो बनाउने अपेक्षा गर्दछ । काठमाडौंका नक्साल स्थिति म्याक्सस शोरुम बुकिङ र टेस्ट ड्राइभको लागि खुला छ ।

प्रकाशित समय २१:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010