V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

हिमालयन बैंकद्वारा रक्तदान र निःशुल्क आँखा शिविर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको तीसौं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

डा.सन्यम बजिमय र उहाँको टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डेशनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा २०७९ साल माघ ४ गते देखि २०७९ साल माघ ६ गते निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परीक्षण गराए भने २६ जनाले निःशुल्क मोतीविन्दु र जलबिन्दुको शल्यक्रिया गराई लाभ लिएका थिए ।

 

यसैगरी ‘रक्तदान–जीवनदान’ भन्ने मूलमन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा २०७९ माघ ७ गते शनिबारको दिन कमलादीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्यक्रममा उपत्यकाभित्र र बाहिर गरी २ सय जनाभन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाए ।

प्रकाशित समय २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010