V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडको २०७९ साल पौष महिना ५ गते बसेको संचालक समितिको ४२७ औं बैठकले बैंकको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८% बोनस शेयर र ११.११% नगद लाभांश कर सहित गरी कुल १९.११% लाभांश प्रदान गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।

प्रकाशित समय २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010