V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत अतिरिक्त छुट

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्दन गर्ने उद्देश्यका साथ स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । यस छुट अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम रू. ३०० सम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन । यो योजना २०७९ साल पौष २० गतेसम्म रहने छ भने छुट अबधिभर हरेक ग्राहकले रू. ९०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

प्रकाशित समय २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010