V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एसी शेर्पाको उम्मेदवारी एनआरएनए उपाध्यक्षमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औ विश्व सम्मेलन तथा महाधिवेशनमा अमेरिकाबाट आङछिरी शेर्पा (एसी शेर्पा) ले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएमा उपाध्यक्ष उम्मेदवारको घोषणासँगै उनले आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरी आगामी कार्यकालमा अझ संस्थामार्फत् सेवा पुर्‍याउन चाहेको बताए । सो कार्यका लागि पूर्व अमेरिकाज क्षेत्रीय उपसंयोजक तथा आइसीसीका बर्तमान सल्लाहकारसमेत रहेका शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

संघमा आइसीसी उपाध्यक्षमा रहेर ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डा बोकेर शेर्पाले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । शेर्पाले भने– ‘मेरो उम्मेदवारी एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र फोहोरी राजनीतिको गन्धसमेत छिर्न नदिन यो पटक मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।’ सोलुखुम्बुका शेर्पा अमेरिकामा पर्यटन तथा ब्यबसाय गर्दै आएका छन् । अमेरिकामा मात्र नभएर क्यानाडा र नेपालमा ब्यबसाय गरिरहेका शेर्पा सफल व्यक्तिका रुपमा चिनिन्छन् । अमेरिकाको वासिङटन राज्य सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत समेत रहेका शेर्पा एनआरएन अभियानका हृदयी र मनकारी व्यक्ति हुन् ।
नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका शेर्पाले गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराएर अर्को इतिहाँस बनाएका छन् । यसका साथै सेभेन समिट फाउण्डेशनका अध्यक्ष समेत रहेका शेर्पाले सोलुखुम्बु, सिन्धुपाल्चोक जिल्लामा थुप्रै सामाजिक बिकासका काममा योगदान गरिरहेका छन् ।

 

शेर्पा एनआरएनएको पदीय जिम्मेवारीमा २०१३–२०१५ कार्यकालमा अमेरिकाबाट आइसीसी सदस्य, २०१५–२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक हुँदै अहिले एनआरएनए आइसीसी सल्लाहकार भएर आगामी कार्यकालका लागि उपाध्यक्षका लागि उम्मेदवार बनेका हुन् ।

 

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010