1100×100 Nabil Advert

तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर, राजस्व तिर्न सहज

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्ला, तौलिहवावडा–१, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय कपिलवस्तु जिल्ला कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटनका अवसरमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष संदीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोज प्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत् सजिलैसँग गर्न सक्नेछन् । करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत् सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८६ एटिएम रहेका छन् । बैंकले हालसम्म करीव रु. ९० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८३ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रकाशित समय ०९:३६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु