V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

तरकारी तथा फलफुल बिक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरु गर्नुभएको हो ।
अब धुम्बराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत् सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बाराही तरकारी तथा फलफुल केन्द्रका कार्यकारी सदस्यहरु एवं बिक्री केन्द्रका व्यव्ँसायीहरुको उपस्थिति रहेको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटा तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत् भुक्तानी गर्नुभएको थियो ।
नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको थियो ।
अहिले बैंकको साथमा देशभर ३ हजारभन्दा बढी क्यूआर सेवादिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् ।
कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले भन्नुभयो– ‘विगतका दिनहरूमा भुक्तानीका लागि क्यूआर कोडहरूको प्रयोग बजारमाउल्लेखनीय रूपमा वृद्धि भएको छ । यसकँे लागि नबिल बैंकजस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिहेका छन् ।’
यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । क्यूआरमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यको साथ, नबिल बैंकले देशभर क्यूआर भुक्तान सेवाको पहुँच विस्तार गर्न एक मिशन शुरू गरेको छ ।’
नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । नयाँ प्रविधि अपनाउने र नवीन प्रँेडक्टका साथै सेवाहरु शुरु गर्ने काममा नबिल सधैं नै अगाडि रहेको छ । नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पु-याइरहेको छ ।
बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिकरूपमा अगाडि बढाएको छ ।

प्रकाशित समय २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010