Nabil add_1100x100
GIBL 1000 x 100

नबिल बैंकले कृषि प्राविधिकहरुलाई सहयोग गर्ने

काठमाडौं । नबिल बैंकले कृषि प्राविधिकहरुलाई सहयोग गर्ने भएको छ । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्यकता अनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैकिङ सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । निरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुवित्त, नबिल बैंक र सुश्री सुनितान्हेम्हाफुकी, अध्यक्ष, आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमा बोल्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल)ले भने– ‘नबिल बैंकले सदैव दीगो बैकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दीगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ, जुन नेपालको कुल ग्राहस्र्थ उत्पादनको प्रमुख योगदान्ँकर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्यकता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैकिङ सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन उत्साहित छौं । यस समझदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशीलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ । नबिल बैंकले शुरु गरेको यस पहलले व्यापकरुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ ।’
आरएण्डडिका अध्यक्ष सुनितान्हेम्हाफूकीले भनिन्– ‘नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आरएण्डडि इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहुँचसहितको कृषि उद्यमशीलता विकास कार्यक्रम ल्याएको छ । यसका लागि आरएण्डडि इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरी उद्यमशीलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंकसमक्ष सहुलियत कर्जाका लागि सिफारिश गर्नेछ । ती सिफारिश भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाखसम्मको सहुलियत दरको कर्जा नबिल बैंकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशिलताको दीगो विकाससँगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिइएको छ । यस कार्यक्रमअन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बि.एस्सी.एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । यस कार्यक्रमअन्तर्गत आगामी एक वर्षभित्रमा कम्तिमा सय जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ ।’

प्रकाशित समय २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु