MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

सिभिल बैंकले मनायो ‘ग्लोबल मनीविक’

‘समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडि बढिरहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनीविक’ मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले ‘ग्लोबल मनीविक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना मनाएको थियो ।

प्रदेश नं १ को विराटनगरस्थित अर्किड कलेजमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत् भाडा भुक्तानीको थालनी, प्रदेश नं २ को जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यू आर कोडमार्फत् भुक्तानीको थालनी, बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम र सुदूर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको थियो । यसको अलावा बैंकले विद्युतीय कारोवारका सात प्रमुख विद्युतीय माध्यमहरु मोवाइल एप, क्यू आर कोड, एटिएम, इन्टरनेट बैकिङ, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेटका बारेमा श्रव्यदृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक सञ्जालमार्पmत प्रशारण पनि गरेको थियो ।
आइसन सम्झौता ः सिभिल बैंक लिमिटेड र आइसनबिच सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङका प्रमुख भोलाबहादुर विष्ट तथा आइसनका तर्फबाट कन्ट्री विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त सम्झौतापत्रअनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायतमा अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिंदा प्रथम पटक ७ प्रतिशत छुट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशतसमेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु