MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । संसारभर कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त पारेको छ । चिनियाँ नयाँ वर्ष शुरु हुनैलाग्दा वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले संसारभर पुगेको छ । अधिकांश देशका मानिसहरु लकडाउनका कारणले घरभित्रै बस्न बाध्य छन् । नेपालमा समेत लकडाउन छ । नेपालको नयाँ वर्ष २०७७ सम्मुखमै छ । नयाँ क्यालेण्डर फेरिने बेलामा कोरोनाले सबैलाई घरभित्रै थुनिदिएको छ । हरेक नयाँ वर्ष लाग्दैगर्दा सबैजसो कम्पनीहरुले पात्रो (क्यालेण्डर)मा राष्ट्रिय पर्वहरुका विदासमेत समावेश गरेर आ–आफ्नो वार्षिक कार्यक्रमहरु प्रकाशित गर्ने गर्दथे । तर यस वर्ष भने कोरोना भाइरसको कारणले पूरै मुलुक लकडाउनमा छ । सबैको वार्षिक कार्यक्रम भताभुङ्ग अवस्थामा पुगेको छ । यसै परिवेशमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिखसहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।
डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट तल उल्लेखित https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing लिंकमा गई सहजै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
कम्प्युटर तथा मोवाइलका लागि लिंक http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf मा
एन्ड्रोइड भर्सनका मोबाइलका लागि लिंक https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view
यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु