कुमारी बैंकद्वारा बिगमार्ट र दराजसँगको १० प्रतिशत छुट प्रावधान सार्वजनिक
काठमाडौं । कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुटको प्रावधान गरेको छ । सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराजमार्फत् आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटविना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।
लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल तथा अनलाइन बैकिङ सेवालगायत नगद काउन्टर, रेमिट्यान्स, एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै कुमारी बैंकले जनाएको छ ।
प्रकाशित समय ०९:१७ बजे





















