MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेष्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायणप्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । खेलकूदको विकासमा सहयोग गर्दै आइरहेको साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केट बल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । क्वेष्ट इन्टरनेशनल कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम साइपाल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशनल एकेडेमी भएका थिए । त्यसैगरी पुरुषतर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक श्रीमती लिसा शेरचनले पुरस्कार प्रदान गरेकी थिइन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित समय २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु