माग उच्च हुन थालेपछि फोर्स मोटर्सको शोरुम हेटौंडामा
हेटौंडा । हिमालय अर्गनाइजेशन पोखराअन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक सवारीहरुको माग उच्च रहेको र स्थानीयमा फोर्स गाडीको माग बढेकोले फोर्सको शाखा हेटौंडामा विस्तार गरिएको बताइएको छ । कम्पनीले महान चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले बताए । कम्पनीका अनुसार दशैं तिहारमा फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकहरुले अधिकतम ४ लाखसम्मको छुट तथा विशेष उपहारहरु प्राप्त गर्नसक्ने बताइएको छ । फोर्स ब्राण्डका गाडीहरु बढी टिकाउ हुने, इन्धन किफायती र आरामदायीको लागि प्रख्यात छन् । यो गाडीहरुमा ३ वर्ष वा ३ लाख किमीसम्मको वारेन्टी सुविधाका साथै ६ पटकसम्म निःशुल्क सर्भिस सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।
विगत ५ बर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे ट्रयाक्सक्रुजर जिप बिक्री गर्दै आइरहेको छ भने कार्गो किङ्ग पिकप, ट्राभलर बस, मिनि बसहरु तथा एम्बुलेन्स पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । यस गाडीको काठमाण्डौंको गैरिधारामा र पोखराको चाउथेमा आफ्नै शोरुम रहेको छ । देशभर २२ वटा डिलर तथा सर्भिस नेटवर्कबाट फोर्स विक्री भइरहेको प्रबन्ध निर्देशक निरन केसीले बताए ।
प्रकाशित समय २१:३९ बजे






















