1100×100 Nabil Advert

सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाई पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।

प्रकाशित समय १३:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु