1100×100 Nabil Advert

अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण

बागलुङ । जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ ।

जैमिनी नगरपालिका-५ का वडाध्यक्ष ठगबहादुर थापाका अनुसार रु ७८ लाख १० हजारको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु ६० लाख र जैमिनी नगरपालिकाले रु २० लाख गरी खर्च गरेका थिए ।

उक्त भवन कार्यारम्भ गरेको नौ महिनामा पूरा भएको हो । भवनको उद्घाटन गत बिहीबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले गर्नुभएको हो । सोही दिनदेखि नयाँ भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्न थालेको छ ।

प्रकाशित समय १२:०१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु