V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सरस्वतीनगर साकोसको खुद नाफा ३५ लाखभन्दा बढी

काठमाडौं । सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३५ लाखभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाको १४औं वार्षिक साधारणसभामा सो कुरा बताइएको हो । आज सम्पन्न १४औं वार्षिक साधारणसभामा पेश गरिएको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । संस्था स्थापनाकाल देखि नै सदस्यहरुको हितमा काम गर्दै आएको संस्थाको कारोबार २० करोडको हाराहारीमा रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष रघुनाथ भण्डारी र उपाध्यक्ष रामहरि श्रेष्ठले पानसमा दीप प्रज्वलन गरेर १४औं वार्षिक साधारणसभाको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामहरि श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव दीपक प्रसाद चौलागाईंले संस्थाको आ .व. ०७८/०७९ को संचालक समितिको तर्फबाट कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०६५ साल साउन १७ गते बिधिवत रुपमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्थाले स्थापना काल देखि नै आफ्ना सदस्यहरुका हितमा काम गर्दै आएको सचिव चौलागाईंले बताउनु भयो । संस्थाको कारोबारलाई नीति, विधि र प्रविधिसँग जोड्दै सदस्य हितका कार्यक्रमहरु ल्याउन लागि पर्ने बताउनु भयो । कोरोना संक्रमण, आर्थिक मन्दीका बाबजुद पनि आफ्नो संस्थाले राम्रो प्रतिफल दिएकै कारण पनि सदस्यहरुको माया संस्थाप्रति बढेर गएको सचिव चौलागाईंले बताउनु भयो ।

कुल शेयर पुजी २ करोड ६२ लाख भन्दा वढी रहेको संस्थामा सदस्यहरुको बचत १४ करोड भन्दा बढी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले आ.व.०७८/०७९ मा ३५ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा संस्थाका लेखासुपरीवेक्षण समिती संयोजक दुर्गा कुमारी कोइरालाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र ऋण उप समिति संयोजक रामहरि श्रेष्ठले ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष रघुनाथ भण्डारीले सदस्यहरुकै बिस्वासका कारण सरस्वतीनगर सहकारी सफल रहेको बताउनु भयो । संस्थामा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बचत तथा ऋण कारोबार आफ्नै संस्था बाट गर्न र राम्रो प्रतिफल लिन आग्रह गर्नुभयो । सदस्य हितका आर्थिक कार्यक्रम आफ्ना सदस्यहरुको पहिलो प्राथमिकता भएकाले बचत तथा कारोबार गरेर लाभ लिन सदस्यहरुलाई अध्यक्ष भण्डारीले आग्रह गर्नुभयो ।

कार्यक्रममा २०७८ सालको एस. ई. ई. परीक्षामा उतिर्ण हुनुहुने शेयर सदस्यका छोराछोरीलाई नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । साथै संस्थामा नियमित उत्कृष्ट बचत गर्नुहुने १ पुरुष सदस्य र १ महिला सदस्यलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । आ.व.०७८/०७९ मा उत्कृष्ट कर्जा कारोबार गर्नुहुने १ सदस्यलाई नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010